spot_img
spot_img
spot_img

नाइजेरियामा श्रृंखलावद्ध बम बिस्फोटबाट १८ जनाको मृत्यु

spot_img

काठमाण्डौ ।

नाइजेरियामा श्रृंखलाबद्ध रुपमा भएको बम बिस्फोटमा १८ जनाको मृत्यु भएको छ । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यका विभिन्न स्थानमा भएको बम विष्फोटमा ४८ जना घाइते भएका छन् ।

पहिलो बिस्फोट बोर्नो राज्यमा एक विवाह समारोहमा दिउँसो भएको हो भने दोश्रो बिस्फोट नाइजेरियाको एक जनरल अस्पतालको परिसरमा भएको हो ।

यसैगरी तेश्रो बिस्फोट भने अन्तिम दाहासंस्कार गरिरहेका माझ भएको हो । विवाह समारोहमा भएको बिस्फोटका क्रममा दर्जनौ सवारी साधन नष्ट भएका छन्। यसैगरी अस्पताल परिसरमा भएको बिस्फोट क्रममा केही बिरामी कुरुवाहरुको मृत्यु भएको हो ।

अन्तिम संस्कारमा भएको बिस्फोटका क्रममा मारिनेमा अधिकांश महिला रहेका छन् । हालसम्म बिस्फोटको जिम्मा कसलै लिएको छैन । यद्दपी नाइजेरियामा दशकौंदेखि विद्रोह गर्दै आएको आतंकबादी समुह बोको हरामको हात रहेको अनुमान गरिएको छ ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img