spot_img
spot_img
spot_img

बिपतजन्य घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ५१ पुग्यो, २९ जना बेपत्ता

spot_img

काठमाण्डौ ।

लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ५१ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हिजो र गएराति गरी पछिल्ला विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाइसकेका छन् ।

यी घटनामा आठ जना बेपत्ता र १२ जना घाइते भएका छन् । ज्यान गुमाउने ११ जनामध्ये गण्डकी प्रदेशको स्याङजा, पर्वत र तनहुँका गरी आठ जना रहेका छन् ।मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी  हालसम्म ५१ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ महिला, १० बालबालिका छन्। तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा तीन-तीन, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा दुई-दुई र ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक-एक जना रहेका छन्।

बिहीबार मात्रै मात्रै सात जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार दार्चुलामा तीन, पाल्पामा दुई तथा तनहुँ र दाङमा एक-एक जनाको मृत्यु भएको हो।

बाढीपहिरो र डुबानमा परी मनसुन अवधिको जेठ ३० पछि आजसम्म ७१ जना घाइते भएका छन्। तीमध्ये ३६ पुरुष, १९ महिला, ११ जना बालक र पाँच जना बालिका छन्।

यस्तै बाढी पहिरोमा परी २९ बेपत्ता छन्। तीमध्ये १९ पुरुष, ६ महिला, तीन बालक र एक बालिका रहेका छन्।

बेपत्ता हुनेमा सिन्धुपाल्चोकका २०, चितवनका तीन, पर्वत र तनहुँका दुई(दुई तथा बाजुरा र बाग्लुङमा एक-एक जना छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिए।

बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ। बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ। एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img