spot_img
spot_img
spot_img

यी हुन् कम्प्युटर सटडाउन गर्ने विभिन्न सर्टकट की र अन्य तरिकाहरु

spot_img

कहिलेकाहीँ हामीलाई झटपट आफ्नो ल्यापटप वा पर्सनल कम्प्युटर बन्द गर्न (सटडाउन) गर्नुपर्ने हुन्छ। हुन त माउस प्रयोग गरेर कम्प्युटर सटडाउन गर्ने विद्यमान तरिका र छँदैछ, तर यसमा धेरै चरणहरु हुन्छन् र केही समय लाग्छ नै ।

तर यदि तपाईंले सर्टकट की हरुको प्रयोग गर्नुभयो भने किबोर्ड प्रयोग गरेर एक झट्कामै कम्प्युटर सटडाउन गर्न सक्नुहुन्छ।

विन्डोज कम्प्युटर बन्द गर्ने सर्टकट कीका विधिहरुः

Alt + F4 विधि

विन्डोज पर्सनल कम्प्युटर तथा ल्यापटप सटडाउन गर्नका लागि सबैभन्दा पहिलो तथा सजिलो तरिका भनेको Alt र F4 की हरु एकसाथ थिच्नु हो । यसका लागिः

  • किबोर्डमा Alt+F4 थिच्नुहोस्
  • त्यसपछि Shut Down Windows डाइलग देखिनेछ
  • ड्रपडाउन मेन्यूबाट Shut Down अप्सन छान्नुहोस् र ok मा थिच्नुहोस्

Alt + Ctrl + Del विधि

    • किबोर्डमा Alt+F4 थिच्नुहोस्
    • त्यसपछि Shut Down Windows डाइलग देखिनेछ
    • ड्रपडाउन मेन्यूबाट Shut Down अप्सन छान्नुहोस् र ok मा थिच्नुहोस्
  • कम्प्युटरमा खुलेका सबै विन्डोज बन्द गर्नुहोस्
  • किबोर्डमा एकसाथ Alt + Ctrl + Del थिच्नुहोस्
  • ·स्क्रिनबाट Sign Out अप्सन छान्नुहोस्
    • किबोर्डमा Alt+F4 थिच्नुहोस्
    • त्यसपछि Shut Down Windows डाइलग देखिनेछ
    • ड्रपडाउन मेन्यूबाट Shut Down अप्सन छान्नुहोस् र ok मा थिच्नुहोस्

    Alt + Ctrl + Del विधि

Win + X विधि

  • किबोर्डबाट Win+X थिच्नुहोस्
  • Shut Down वा Sign Out अप्सन खोल्नका लागि U की मा थिच्नुहोस्
  • त्यसपछि पुनः U मा थिच्नुहोस् र कम्प्युटर सटडाउन हुनेछ।

एप्पलको म्याक ल्यापटप वा पर्सनल कम्प्युटर सटडाउन गर्ने शर्टकट तरिकाः

Cmd + Option + Control + Power  विधि

म्याक ल्यापटप वा पिसीलाई सटडाउन गर्नका लागि उल्लेखित बटनहरु एकसाथ थिच्नुपर्छ । यसो गर्दा म्याकमा सबै एप्लिकेसनहरु बन्द हुन्छन् र ल्यापटप बन्द हुन्छ।

शर्टकट की प्रयोग नगरीकनै ल्यापटप र पिसी कसरी बन्द गर्ने ?

शर्टकट की का अतिरिक्त आफ्नो विन्डोज पिसी वा ल्यापटप बन्द गर्ने अन्य विधिन्न तरिकाहरु प्नि उपलब्ध छन् । यसमा :

Run Dialogue को माध्यमबाटः

  • सबैभन्दा पहिले Win + R थिचेर Run Dialogue खोल्नुहोस्
  • त्यसपछि Shutdown –s लेखेर Enter थिच्नुहोस्

यसो गर्दा तपाइँको कम्प्युटर बन्द हुन गईरहेको सूचना स्क्रिनमा देखिन्छ र कम्प्युटर बन्द हुन्छ ।

कमान्ड प्रम्प्टबाटः

  • Win + R थिचेर Run programme खोल्नुहोस्
  • command prompt window मा shutdown/s लेख्नुहोस्
  • त्यसपछि Next बटन थिच्नुहोस्

शर्टकट क्रिएट गरेर बन्द गर्ने तरिका

  • विन्डोज ल्यापटपको होम स्क्रिन खण्डमा राइट क्लिक गर्नुहोस्
  • New मा गएर Shortcut अप्सनमा क्लिक गर्नुहोस्
  • बक्समा shutdown.exe -s -t 00 –f कमान्ड राख्नुहोस्
  • त्यसपछि Next मा क्लिक गरेर शर्टकट सिर्जना गर्नुहोस्

उक्त आइकनमा डबल क्लिक गरेपछि कम्प्युटर आफै बन्द हुनेछ। तपाइँले यो शर्टकटलाई कम्प्युटर सटडाउन गर्ने पर्सनलाइज्ड शर्टकट की बनाउन पनि प्रायेग गर्न सक्नुहुनेछ। इसका लागिः

  • तपाइँले भर्खरै बनाएको सटडाउन शर्टकटमा राइट क्लिक गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस्
  • त्यसपछिShortcut ट्याबमा गएर शर्टकट की अप्सन खोज्नुहोस्
  • आफूले चाहेको key combination हाल्नुहोस् र OK मा क्लिक गर्नुहोस्

यसो गर्दा तपाइँले आफ्नो कम्प्युटर सटडाउन गर्नका लागि आफूले चाहेको शर्टकट की तयार गर्न सक्नुहुनेछ। -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img