spot_img
spot_img
spot_img

बाढी–पहिरोमा परि देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

spot_img

काठमाण्डौ ।

अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायतका अन्य विपद् जन्य घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म बाढीपहिरोमा परेर एक सय ६ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त अवधिमा बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायाको क्षति भएको छ । यसैगरि एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभयो । वर्षा र पहिरोका कारण आठ सय ५८ परिवार विस्थापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यस्तै मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार नौ सय ५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img