काठमाण्डौ ।
हनि ट्रयापको धन्दामा संलग्न दुई जना पक्राउ पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ घर भइ काठमाडौंको बौद्व बस्दै आएका २० वर्षकी सिर्जना तामाङ र सिन्धुपाल्चोककै जुगल गाउपालिका वडा नम्बर ५ घर भइ काठमाडौंको मुलपानीमा बस्ने २९ वर्षका लिलाबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
महिला र पुरुषको समुहलाई सामाजिक संजाल मार्फत परिचालन गरेर फोन आदानप्रदान गरी सम्पर्क तथा प्रत्यक्ष भेटघाट गराई अश्लिल भिडियो बनाई उक्त भिडियो पिडितलाई पठाएर ब्ल्याकमेल गरी रकम असुल गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??