काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै पुष्पकमल दाहालको सरकार ढलेर ओली प्रधानमन्त्री बन्न बाटो खुलेको छ ।
ओलीलाई आज राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तीन दिन म्याद तोकेर आह्वान गरे अनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र दाबी प्रस्तुत गर्नुभएको छ । नयाँ प्रधानमन्त्रीको रुपमा केपी ओली देशको ४१ औं प्रधानमन्त्री बन्नुहुने छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??