बुटवल ।
बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक नदिमा डुबेर बेपत्ता भएका छन् । आइतबार दिउँसो चार बजेतिर दुई जना नुहाउन गएकामध्ये बुटवल उपमहानगरपालिका-१२ घर भएका अभिषेक पन्थी वेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनिसङ्ग गएका अर्का बालक सुरक्षित रुपमा घर फर्केर घटनाबारे जानकारी गराएका हुन । बुटवल १२ र १५ को सिमानामा पर्ने टान्सपोर्ट भिलेज नजिकैको दानव खोलामा हालै मात्र नदीजन्य पदार्थ उत्खनन्को क्रममा बनेको गहिरो खाडल ताल जस्तै बनेको र त्यहीं विद्यार्थी डुबेको स्थानीयको भनाइ छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??