चितवन ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ को गण्डक नहरमा भेटिएका दुई वटा शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २ शव भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका २३ वर्षीय सुदिप विक र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाको रहेको छ ।
सुदिप एन्जल डिलक्सको बसबाट काठमाडौं जाँदै थिए भने फिरोज गणपति डिलक्स बसबाट रौतहटको गौर जाँदै गरेको खुलेको छ । त्रिशूलीमा बेवत्ता दुईवटा बसका ६५ यात्रुहरुमध्ये हालसम्म ११ जनाको मात्र शव भेटिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??