काठमाण्डौ ।
राष्ट्रिय सभाबाट भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ । आज सोमवार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मुलरुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा पठाइयोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेश गर्नुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??