बुटवल ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं. ५ नगरकै पहिलो बालमैत्री वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो । बाल अधिकारका बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता’ गरी चार वटा पक्षका मुख्य आधार तयार भएपछि एक कार्यक्रमका बिच सोमबार जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले बालमैत्री वडा घोषणा गर्नुभएकाे हाे ।
घोषणा सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख चपाईले नगरको पहिलो बालमैत्री वडाको रुपमा घोषणा हुनु गर्वको विषय रहेको बताउनुभयो । उहाले घोषणा गर्न सजिलै काम नरहेको र अब यसलाई दिगोपन गराउन थप कठिन रहने हुदा त्यस तर्फ पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले घोषणा पक्ष्यात अब अझ धेरै चुनौतीहरु थपिएको बताउनुभएको थियो। उहाले बालबालिका भोलिका कर्णदार मात्रै नभई आजका साझेदार भएको बताउदै अभिभावकहरुलाई बालबालिकाको अधिकार प्राप्तिका लागि सचेत रहन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नेपाली काङ्ग्रेस देवदहका सभापति गुणाखर भुर्तेल, देवदह नगर बाल संजालको पुर्व अध्यक्ष दिया न्यौपाने, वडा बाल संजालको अध्यक्ष सृजना गैरे, नगर बाल संजालको सचिव संस्कृति घर्ती लगाएतले बोल्दै बालमैत्री घोषणासंगै दिगोपन र निरन्तरताका गर्न जरुरी रहने र सबैको सहयोगको आवश्यक पर्ने बताएका थिए ।
सोही अवसरमा देवदह ५ लाई वातावरण मैत्री वडा घोषणा समेत गरिएको थियो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेय, देवदह ६ का वडा अध्यक्ष खेम बहादुर थापा, नेपाल बाल संगठनको जिल्ला उपाध्यक्ष अञ्जु श्रेष्ठ, बालमैत्री राष्ट्रिय सहजकर्ता सर्मिला पौडेल, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका नेताहरू, बाल अधिकारकर्मी, टोल विकास संस्था, आमा समूह, विद्यालयका प्रतिनिधि, विभिन्न सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको अध्यक्षता, नगरपालिकाका बाल मैत्री फोकल पर्शन पर्शुराम ढकालको स्वागत र बालमैत्री सहजकर्ता बबिता भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।