काठमाण्डौ ।
समुद्रको रङ्ग सामान्यतः निलो देखिन्छ । तर पछिल्लो समय यसको रङ्ग निरन्तर हरियो हुँदै गइरहेको छ । यस्तो किन भइरहेको छ ? समुद्रको ५६ प्रतिशत पानीको रङ्ग नीलोबाट हरियो भएको नासाको एक स्याटेलाइट प्राप्त आँकडाले देखाएको छ । खासगरी भूमध्य रेखानजिक दक्षिणी हिन्द महासागरमा यस्तो भइरहेको छ । स्याटेलाइटमा रहेको मोडिस नामक स्पेक्ट्रोरेडियोमिटरबाट सन् २००२ देखि २०२२ सम्मको २० वर्षसम्म उपलब्ध तथ्याङ्कको अध्ययन गरेपछि अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकालेका हुन् ।
पृथ्वीको ७० प्रतिशत भन्दा बढी हिस्सा महासागरले ओगटेका छन् । तर महासागरहरू रहस्यमय तरिकाले नीलोबाट हरियो देखिन थालेका छन् । युके नेशनल ओशनोग्राफी सेन्टरको बी.बी. क्यालले गरेको अध्ययनबाट यो कुरा बाहिर आएको हो। नासाको एक्वा स्याटेलाइटबाट संकलन गरिएको २० वर्षको तथ्याङ्कको अध्ययन अनुसन्धानका क्रममा ५६ प्रतिशत समुन्द्रको पानीको रङ्ग नीलोबाट हरियो भएको देखियो ।
किन परिवर्तन हुँदै छ समुन्द्रको रङ्ग ?
महासागरको रङ्ग परिवर्तनको कारक त्यहाँका फाइटोप्लाङ्क्टन समुदाय हुन् । यी सामुद्रिक जीवले हरियो रङ्गमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी जीवले कार्बन डाइअक्साइड छोड्छन् । यसका कारण फाइटो ब्लूम बढ्छ । यी फाइटोप्लाङ्क्टनमा हरियो रङ्गको क्लोरोफिल हुन्छ जसले समुद्रलाई हरियो बनाउँछ । फाइटोप्लाङ्क्टन समुदायका जीवनको सङ्ख्यामा भइरहेको वृद्धिका कारण रङ्ग बद्लिएको हो ।
‘रङ्ग आफैँ पनि मानिसले आफ्नो भाषामा सजिलै बुझ्न सक्ने वा राम्रोसँग देख्न सक्ने कुरा होइन । तर यो केही चीज चाहिँ पक्कै हो जसका कारण मान्टिस झिँगा वा पुतलीले देख्न सकिन्छ ।’ बेलायतको साउथह्याम्प्टनस्थित नेशनल ओशनोग्राफी सेन्टरका वैज्ञानिक बी.बी. केले भनेका छन् । केल यस अध्ययनका प्रमुख लेखक हुन् । मानव गतिविधिहरूले महासागरहरूलाई कसरी असर गर्छ भन्नेबारे पनि उनले कुरा गरेका छन् ।
मानव गतिविधिले पृथ्वीको जीवनलाई कसरी असर गर्छ भन्ने प्रमाण यसले दिएको उनी बताउँछन् । जलवायु परिवर्तनको लागि जिम्मेवार हुन सक्ने भएकोले वैज्ञानिकहरूले फाइटोप्लाङ्क्टनमा भएको वृद्धि र यसको समुदायको निरीक्षण गरिरहेका छन् । नासाले आगामी मिसनमा यही वर्ष पेस उपग्रह मिसन लन्च गर्दैछ । यसले फाइटोप्लाङ्क्टन विविधताको थप अध्ययन गर्नेछ । महासागरमा यी कारकहरूको वृद्धिको गतिलाई कसरी सुस्त पार्ने भनेर वैज्ञानिकहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् ।
-एजेन्सीको सहयोगमा