spot_img
spot_img
spot_img

साढे ४ करोड डलरमा बिक्यो डाइनासोरको कंकाल

spot_img

काठमाण्डौ ।

अमेरिकाको न्यूयोर्क सिटीमा भएको एउटा लिलामीमा डाईनासोर डाइनासोरको कंकाल झन्डै साढे ४ करोड डलरमा बिक्री भएको छ । सुथबिजको लिलाम गृहमा घाँसपात खाने स्टेगोसरस प्रजातिको डाइनासोर ४ करोड ४६  लाख डलरमा  बिक्री भएको हो ।  ११ फिट अग्लो र नाकदेखि पुच्छरसम्म २७ फिट लम्बाई भएको यो डाइनासोर सुथबिजको लिलाम गृहमा बेचिएको अहिलेसम्मकै सबैभन्दा पूर्ण कंकाल हो ।

सो कंकाललाई एपेक्स उपनाम दिइएको थियो । क्रेताको नाम अहिलेसम्म खुलाइएको छैन । एपेक्स अमेरिकामा जन्मिएको र अमेरिकामै बस्ने क्रेताले बताएका छन् । सन् २०२२ मा अमेरिकाको पश्चिमी राज्य कोलोराडोमा एपेक्सको कंकाल संयोगले भेटिएको थियो । यसलाई पेशागत जिवाश्मा खोजीककर्ता ज्यासन कूपरले फेला पारेका थिए । सुथबिजको लिलामीमा विक्री हुने एपेक्स अहिलेसम्म सबैभन्दा मूल्यवान जीवाश्मा हो । एपेक्सले पाएको यो मूल्य विक्री अघि अनुमान गरिएको भन्दा ११ गुण बढी भएको लिलाम गृहले भनेको छ ।

सो लिलामीमा ७ जना क्रेता सहभागी भएका थिए । स्टेगोसरस पछिल्लो जुरासिक कालमा झन्डै १५ करोड वर्ष अघि पृथ्वीमा पाइन्थ्यो । यसअघि सन् २०२० मा टिरानोसरस रेक्सको कंकाल ३ करोड १८ लाख डलरको कीर्तिमानी मूल्यमा बिक्री भएको थियो ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img