पर्वत ।
पर्वतको कुश्मा नगरपालिका– १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक बालक नदिले बगाएर बेपत्ता भएका छन । बागलुङको निसिखोला गाउँपालिका– १ लेवाङ सात्ले घर भइ आफन्तलाई भेट्न पर्वतको सहस्रधारामा आएका जीत बहादुर पुनका छोरा १४ वर्षीय सन्तु पुन पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सोमवार दिउँसो १.३० बजे तीन जना साथी मिलेर पौडिन गएकोमा सन्तुलाई कालीगण्डकीले बगाएर वेपत्ता बनाएको हो । उनीसँगै पौडिन गएका १३ वर्षीय अर्जुन पुन र १४ वर्षीय वेद घर्ति मगर भने सकुशल फर्किएका छन् ।
हराइरहेका बालकको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।