काठमाडौं ।
काठमाडौं उपत्यकामा हैजाका बिरामी फेला परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका १६ वर्षीय किशोरमा हैजा पुष्टि भएको अस्पतालले बताएको छ । खानेकुरा र पानीबाट नै हैजा सरेको आंशका गरिएको छ। अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको बताईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??