काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताउनुुुएको छ । आज मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले सीमा भित्र रहेर प्रेस र न्यायपालिकाले कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले आवश्यक भन्दा बढी लोकतन्त्रको उपयोग गर्दा अराजकता जन्मने बताउदै प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने उल्लेख गर्नुभयो ।
प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने मन्त्री गुरुङको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??