बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ ग्रहण गर्नुभएको छ । गत सोमबार नियुक्त हुनु भएका मुख्यमन्त्री आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो।
८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्नेमा आचार्यले ५६ सांसदको समर्थन पाउनुभएको हो । लुम्बिनी प्रदेशमा एमालेका २९ र काँग्रेसका २७ सांसद छन् । त्यस्तै लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले पनि सरकारलाई समर्थन गर्ने जनाएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??