काठमाडौं ।
सौर्य एयरको विमान दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाईलट बाहेक सबैको ज्यान गएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिइ १८ शव संकलन गरिएको उल्लेख छ ।
पाइलट मनिषरत्न शाक्यको तत्कालै उद्धार गरि केएमसी अस्पताल लगिएको छ । विमानमा यात्रु या कर्मचारी को थिए भन्ने एकिन जानकारी भने आएको छैन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??