काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी) मा उपचारका लागि पुर्याइएको हो ।
शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य स्थितिबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??