spot_img
spot_img
spot_img

३ मिनेट पनि टिक्न नसकेको एउटा बिहे!

spot_img

कुवेत ।

कुवेतमा एक दम्पतीले तीन मिनेटमै बिहे रद्द गरेका छन्। बिहे बिहे लगत्तै बेहुलाले आफ्नी नयाँ दुलहीलाई ‘बेवकुफ’ भनेपछि दुई जनाबिच झगडा भएको थियो । इन्डी १०० का अनुसार कुवेतमा एउटा अदालतमा बिहे गरेर बाहिर निस्कने क्रममा बेहुली चिप्लिएर लडेकी थिइन् । भर्खरै बिहे गरेका श्रीमानले आफूलाई खिसी गरेपछि बेहुली त्यति नै बेला अदालत भित्र छिरेर न्यायधीससँग ठाउँको ठाउँमै बिहे खारेज गर्न भनेकी थिइन् ।

बिहे भएको ३ मिनेटमै उक्त बिहे रद्द गरियो । यो घटना अहिलेको होइन, सन् २०१९ को हो । तर यतिबेला पुनः यो बिहे सामाजिक सञ्जालमा चर्चामा आएको छ । माइक्रोब्लगिङ वेबसाइट एक्समा यो खबर भाइरल भएपछि भिजिटरहरूले यसमा धमाधम प्रतिक्रिया दिइरहेका छन् ।

‘सुरुमै उसले यस्तो व्यवहार गर्छ भने उसलाई छाड्नै बेस हुन्छ’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् ।  अर्का एक जनाले भने सम्मानको भावना नभएको बिहे सुरुदेखि नै असफल हुने अर्का एक जनाले बताएका छन् । यसअघि सन् २००४ मा बेलायतमा पनि एक जोडीको बिहे ४ घण्टा मात्रै टिकेको थियो । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img