spot_img
spot_img
spot_img

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

spot_img

काठमाण्डौ ।

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त हुनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला यसअघि कायममुकायम मुख्यसचिवको रूपमा कार्यरत हुनुहुन्थो ।

गड्तौला नेपालको निजामती सेवाको इतिहासमा उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बन्नुभएको छ। मुख्यसचिव निजामती प्रशासनको सर्वोच्च पद हो। तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।
गड्तौला ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानुहुनेछ ।

गड्तौला प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमै कानुन सचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो । २०५२ सालमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गरेकि उहा २०६३ कात्तिक ३ गते उपसचिव र २०७० माघ ९ गते सहसचिव बन्नुभएको थियो। २०७७ कात्तिक २७ गतेदेखि उहा सचिवको रूपमा कार्यरत हुनुहुन्छ । कानुन समूहका प्रायः अधिकृत न्यायाधीशले बन्ने अवसर पाउँछन्।

गड्तौलाले भने न्यायाधीशमा रूचि नदेखाएको उनका समकालीनहरू बताउँछन्।
ड्तौला कानुन तर्जुमा र लैंगिक न्यायका विषयमा विशेष दख्खल राख्छिन्। न्याय सेवा आयोगको अभिलेखअनुसार उहाको स्थायी ठेगाना सोलुखुम्बु हो। उनका श्रीमान् मात्रिका निरौला वरिष्ठ अधिवक्ता छन्। उनले कानुनमा स्नातकोत्तर (एलएलएम) सम्म अध्ययन गर्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img