पाल्पा ।
पाल्पामा अहिलेसम्म ८९ जनामा डेङ्गु संक्रमण देखिएको छ । पछिल्लो सातामा मात्रै १४ जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो वर्ष जिल्लामा कुल संक्रमित संख्या ८९ पुगेकोकोमा जिल्लाभित्रका ५० जना र अरु जिल्लाबाहिरबाट आएका नागरिक रहेको मन्त्रालयको भनाई छ ।
बर्खा लागेर गर्मी बढेसङ्गै देशभर यतिबेला डेङ्गुका संक्रमित फेला परिरहेका छन । यसबाट जोगिन लामो बाउला भएको कपडा लगाउने, घर वरपर पानी जम्न नदिने र राती सुत्ने बेलामा झुलको प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??