spot_img
spot_img
spot_img

ओलम्पिकको उद्घाटन समारोह अघि पेरिसमा हाई–स्पिड रेलमा तोडफोड

spot_img

काठमाण्डौ ।

जुलाई २६ को साँझमा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकको उद्घाटन समारोहको आयोजना हुँदै छ । उद्घाटन समारोह सुरु हुन केही घण्टा बाँकी रहँदा पेरिसमा हाई–स्पिडको रेलमा तोडफोड भएको छ । कम्पनीको रेल प्रणालीलाई चल्नै नसक्ने बनाउने षडयन्त्रमा तोडफोड गरिएको स्थानीय रेल कम्पनी एसएनसीएफले भनेको छ ।

पेरिसको पश्चिम, पूर्व र उत्तरमा रहेका उच्च गतिको टीजीभी लाइनमा कयौँ रेलमाथि तोडफोड भएको बताइएको छ । सेवा अवरुद्ध भएपछि राजधानीको पश्चिमतिर जाने गन्तव्यको रूपमा काम गर्ने मोन्टपार्नासेमा यात्रीहरूको भिड लागेको बताइएको छ । यो घटनाको यातायात मन्त्रीले आलोचना गरेका छन् । यस घटनाले मानिसहरूको छुट्टीको योजना प्रभावित हुने उनको भनाइ छ । तोडफोडका घटना पछि कयौँ रेल रद्द गरिएका छन् ।

मर्मत सम्भारका काम पूरा गर्न र सेवा सुचारु गर्न सप्ताहान्तभरि नै लाग्ने एसएनसीएफले भनेको छ । शुक्रबार साँझ पेरिसको केन्द्रमा हुन लागेको ओलम्पिक्सको उद्घाटन समारोहलाई झन्डै ३ लाख दर्शकले हेर्ने अपेक्षा गरिएको थियो । रेल सेवा प्रभावित भएपछि दर्शकको सङ्ख्या घट्न सक्ने देखिन्छ । यो घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन। केही हाई–स्पिड रेललाई अन्य लाइनतिर पठाइएको छ । -एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img