काठमाडौं ।
सौर्य एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १८ मध्ये १७ जनाको परिवारले शव बुझेका छन्। एक जना विदेशी नागरिकको शव बुझ्न भने अहिलेसम्म कोही नआएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।
गएको साउन ९ गते त्रिभुवन विमानस्थल नजिकै सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा धेरैजसो सौर्य एयरलाइन्सकै कर्मचारी थिए । पाइलट मनिष शाक्यको भने जीवितै उद्दार भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??