काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ।
पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्दै संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुःशाहस गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो ।
साथै अध्यक्ष दाहालले ठूला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निष्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो । उहाँले सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताउनुभयो ।