बुटवल ।
सैनामैना ओपन स्काउट क्रिउको आयोजनामा एक दिवसिय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।सैनामैना नगरपालिका वडा नं ६ स्थित सुखौरामा सम्पन्न कार्यक्रममा बुटवल, सैनामैना र कंचनका गरि जम्मा ५२ जना रोभर रेन्जर स्काउटरहरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रम नेपाल स्काउट राष्ट्रीय युवा परिषद्का अध्यक्ष पुकार ढकाल, प्रदेश कार्यकारी समिति सदस्य चन्द्रीका भट्टराई, लुम्बिनी प्रदेश MOP संयोजक सरस्वती शर्मा, कंचन गाउँपालिका स्थानीय स्काउट आयुक्त युवराज गौतमले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल स्काउट राष्ट्रीय युवा परिषद्का अध्यक्ष पुकार ढकालले यस कार्यक्रमले युवाहरुमा आत्मबल बढाउनुका साथै जीवन उपयोगी सीप अभिबृद्वी गर्न मद्दत गर्ने बताउनुभयो। उहाले हरेक प्रदेशमा यस किसिमका कार्यक्रमहरु सुरु गर्न युवाहरु परिचालन गर्ने समेत बताउनुभयो ।
सोही अवसरमा बोल्दै प्रदेश कार्यकारी समिति सदस्य चन्द्रीका भट्टराईले युवाहरुले आयोजना गर्ने यस्ता कार्यक्रमहरुमा आफू र प्रदेशको पूर्ण सहयोग हुने बताउनु भयो । युवाहरूलाई साहासिक कृयाकलापमा शमावेस गराइ उनिहरुको आत्मबल बढाउने तथा विपद्मा कसरी परिचालित हुने भन्ने बिषयमा क्षमता अभिबृद्वी गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रोभर शिवम् घिमिरेले बताउनु भयो।
क्षमता अभिबृद्वी कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट कार्यालयका अधिकृत तारा पुरी, स्काउट लिडर इन्द्र ज्योती श्रेष्ठ लगाएतको उपस्तिथि रहेको थियो ।