spot_img
spot_img
spot_img

सगरमाथा आवासीय मा.वि मा बारिष्टा तालिम

spot_img

देवदह । रुपन्देहीको देवदह ७ स्थित सगरमाथा आवासीय मा.वि मा ४ दिने बारिष्टा तालिम सुरु भएको छ । तालिम सगरमाथा आवासीय मा.विको आयोजना र माछापुच्छ्रे बारिष्टा कफि स्कुलको सहकार्यमा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले होटल म्यानेजमेन्ट विषय धेरै विद्यालयले पढाई रहे पनि आफुहरु फरक तरिकाले विद्यार्थीलाई प्रयोज्ञात्मक सहितको शिक्षा दिदै आईरहेको बताउनुभयो । जसले गर्दा विद्यार्थीहरुले २ वर्षको अवधिमा केही सिकेर जाउन् र पछि यहि सिपले पनि स्वोरोजगार र आत्मनिर्भर बन्न सक्ने घारणा व्यक्त गर्नुभयो । उहाले विद्यालयले संचालन गरेको यो तालिमले ठुलो अवसर दिलाउने र उपयोगी हुने बताउनुभयो ।

सोही अवसरमा बोल्दै माछापुच्छ्रे बारिष्टा कफि स्कुलका प्रदिप खड्काले विद्यार्थीहरु संग आफ्नो विगतका अनुभव शेयर गर्दै कफि बनाएरै पनि जीविकोपार्जन गर्न सकिने बताउनुभयो । उहाले पछिल्लो समय कफी खाने चलन बढेको बताउँदै यो तालिम विद्यार्थीहरुलाई फलदाई हुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका सहायक प्र.अ प्रदीप अधिकारी, कार्यक्रम संयोजक सरद भण्डारी लगाएतले बोल्दै यस किसिमको तालिम विद्यार्थीलाई उपयोगी हुने हुदा तालिममा आफ्नो १०० प्रतिशत दिएर लिन आग्रह समेत गर्नुभयो । उक्त कार्यक्रममा माछापुच्छ्रे बारिष्टा कफि स्कुल, खैरेनीका संचालक तथा ओस्टिल क्याफेका प्रोपराईटर भानु पंगेनी, माछापुच्छ्रे बारिष्टा कफि स्कुलका धिरन मगर, वसन्त अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र संयोजक देपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img