देवदह । रुपन्देहीको देवदह ५ खैरेनीमा अवस्थित श्रीकृष्ण पोलिक्लिनिक र ग्राण्डी अस्पताल काठमाडौं बिच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । पोलिक्लिनिकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि सम्झौताको विषयमा जानकारी गराएको हो । स्वास्थ्य सम्बन्धि विभिन्न उपचारका लागि ग्राण्डि अस्पताल सङ्ग सम्झौता गरिएको पोलिक्लिनिकका अध्यक्ष डा.कृष्ण गैरेले जानकारी दिनुभयो ।
ग्राण्डी अस्पतालको तर्फबाट सिओओ अमृत खन्ना र पोलिक्लिनिकका तर्फबाट अध्यक्ष डा.कृष्ण गैरेको गैरे द्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार विशिस्टिकृत तथा विशेषज्ञ उपचारका लागि श्रीकृष्ण पोलिक्लिनिकद्वारा सिफारिस गरिएका विरामिले अप्रेसन तथा सिटिस्क्यान, एम. आर. आई. रगत परिक्षण, ल्याब टेस्टमा १० प्रतिशत छुट पाउने डा. गैरेले जानकारी दिनुभयो । त्यस्तै ग्राण्डि अस्पतालमा उपचार पछिको फलोअप पोलिक्लिनिकबाटै प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै ग्राण्डि अस्पतालका विशेषज्ञ डाक्टरसङ्ग फोन परामर्श समेत पोलिक्लिनिकबाटै प्राप्त हुनेछ । फोन परामर्शको एक हप्ता भित्रमा ग्राण्डि अस्पतालमा उपचार गराउनुपर्ने अवस्थामा परिक्षण शुल्क निशुल्क हुने क्लिनिकका संचालक डा. विष्णु ढकालले जानकारी दिनुभयो ।
त्यस्तै आकस्मिक विरामिहरुका लागि हेलि सपोर्टका लागि समेत पोलिक्ल्निकले सहजीकरण गर्ने बताइएको छ।सम्झौताले ग्राण्डी अस्पताल जस्तो विशिस्टिकृत स्वास्थ्य संस्थाले स्थानीयस्तरमा संचालित पोलिक्लिनिक सङ्ग समन्वय गर्नु विरामिहरुको लागि सेवा र सुविधाका लागि राम्रो भएको पोलिक्लिनिकका अध्यक्ष डा.गैरेको भनाई थियो ।
सम्झौता हस्ताक्षरको अवधि २ वर्ष सम्म मान्य हुनेछ ।