spot_img
spot_img
spot_img

लियो क्लबद्वारा वृहत यौनिकता शिक्षा

spot_img

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटी र परिवार नियोजन संघ रुपन्देही नेपाल (FPAN) को संयुक्त आयोजनामा “वृहत यौनिकता शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पारेर क्लबले बुटवल उपहानगरपालिका वार्ड नं ११ स्थित लुम्बिनी वाणिज्य क्यापसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी वाणिज्य क्यम्पस सहायक प्रमुख श्री महेश कुर्मी चौधरीले क्याम्पसमा भएको उक्त अन्तरक्रिया कार्यक्रम अत्यन्तै जानकारीमूलक साथै आवश्यक समेत रहेको हुदा क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाले आगामी दिनमा यस्ता कार्यक्रम सञ्चालनका गर्न क्याम्पसले पूर्ण साथ सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नुभयो ।

सोही अवसरमा बोल्दै लियो जिल्ला परिषद् ३२५ पी नेपाल की जिल्ला अध्यक्ष लियो श्रद्धा कुँवर क्षेत्रीले जिल्ला परिषद् मै पहिलो पटक यौनिकता शिक्षामा कार्यक्रम गर्ने लियो क्लब अफ बुटवल मेट्रोसिटीलाई बधाई दिदै जिल्ला भरी नै यो अभियानलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनुभएको थियो।

परिवार नियोजन संघ रुपन्देही नेपाल रुपन्देहीका अध्यक्ष प्रदीप शाक्य, लियोका एरिया चिफ सुनिल कुँवर, रिजन चिफ एवम् क्लबका निवर्तमान अध्यक्ष सञ्जीव सुनार, पूर्व अध्यक्ष मित्रजन भण्डारी, FPAN बोर्ड सदस्य सविता शाक्य, पदमा श्रेष्ठ, विष्णु गुरुङ, अशोक गौतम, सोही क्याम्पसका स्ववियु सभापति विजय कार्कीको आतिथ्यतामा भएको कार्यक्रममा लियो पदाधिकारी तथा सदस्यहरु र क्याम्पसका विद्यार्थीहरू गरी ५० जनाको उपस्थिति रहेको थियो ।

तालिममा क्लबको अध्यक्ष पुनम कुँवरले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा प्रजनन स्वास्थ्य, किशारोवस्थामा हुने परिवर्तन र त्यसमा आफूलाई कसरी अभ्यस्त बनाउने, लैङ्गकितामा आधारित हिंसाको असरहरु र प्रभावहरु र महिनावारीका समयमा गर्नुपर्ने स्वास्थ्य सरसफाइ, हेरचाहका विषय तथा अधिकार सम्बन्धी कानुनी प्रावधानका बारेमा जानकारी दिइएको हो । क्लबको अध्यक्ष कुँवरले सामाजिक कार्यमा निरन्तर अग्रसर रहेको युवा द्वारा संचालित लियो क्लब अफ बुटवल मेट्रो सिटीले विगतका समय देखि नै युवा लक्षित कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम परिवार नियोजन संघ रुपन्देही नेपालका युवा संयोजक किरण तिवारीको अध्यक्षता, परिवार नियोजन संघ नेपालका बोर्ड सदस्य अशोक गौतमको स्वागत र क्लब की सचिब दिक्षा भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img