देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युगज्योति माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । नियमित अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यालयले शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा कक्षा एल के.जी तर्फ अमृता बि.क. प्रथम, आरोही दर्जी द्धितीय र युनिष्मा सुनार तृतिय भएका छन् । त्यसैगरी युकेजी तर्फ प्रिन्स पाण्डे प्रथम, बिशाखा सुनार द्धितीय, देवासी पाण्ड तृतिय भएका छन् । यस्तै १ मा आरोषी काफ्ले प्रथम, पुरन थापा द्धितीय, सलिसा श्रेष्ठ तृतिय भएका छन् । कक्षा २ तर्फ कौशल कनौजे प्रथम, आरोषी परियार द्धितीय, सक्षम पाण्डे तृतिय भएका छन् । कक्षा ३ तर्फ युजन सारु प्रथम, उत्तम रेग्मी द्धितीय, आकृति अर्याल तृतिय भएका छन् भने कक्षा ५, ६, ७ तर्फ खेमानन्द भुसाल प्रथम, अश्विन गिरी द्धितीय र ज्योति भुसाल तृतिय भएका छन् ।
कक्षा ८, ९, १० तर्फ सृष्टी गिरी प्रथम, निरिशा चौबे द्धितीय र आयुष खड्का तृतिय भएको शिक्षक मन्दिरा तिमिल्सीनाले जानकारी गराउनुभएको थियो । शिक्षकहरू दिननाथ शर्मा र रमा बस्याल निर्णायक रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यमलाल अर्याल, शिक्षकहरू हरि प्रसाद भण्डारी, शोभादेबी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।