spot_img
spot_img
spot_img

देवदहमा अन्तर वडा स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न : वडा नं ५ प्रथम

spot_img

देवदह । रुपन्देहीको देवदहमा अन्तर वडा स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न भएको छ। उपप्रमुख सङ्ग महिला कार्यक्रम अन्तर्गत सोमबार देवदहमा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी विषयक’ तिज गीत प्रतियोगिता सम्पन्न भएको हो।

१२ वटा टिम सहभागी प्रतियोगितामा वडा नं. ५ ले प्रथम स्थान हासिल गरेको छ भने वडा नं. ६ द्वितीय, वडा नं. ४ तृतिय तथा वडा नं. ७ ले सान्त्वना स्थान हासिल गरेका थिए।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ३३ हजार ३ सय ३३, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने द्वितीय हुनेलाई २६ हजार ६ सय ६६ नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै तृतिय हुनेलाई २० हजार नगद शिल्ड र प्रमाणपत्र र सान्तवा हुनेलाई १३ हजार ३ सय ३३ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले महिला सशक्तीकरण महिला नेतृत्व विकास र आय आर्जनमा जोड्न सके सभ्य र समृद्द नगर बनाउन सकिने बताउँदै तीज गित प्रतियोगिता मार्फत सचेतना फैलाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उपप्रमुख गुरुङले विकृति रहित ढंगले पर्व मनाउन र संस्कृतीको जगेर्ना गर्दै पर्व मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले महिलाहरु अब नेतृत्वको लागि अग्रसर भएर लाग्नुपर्ने भनाई व्यक्त गर्नुभयो । चुलो चौकोमा मात्रै सिमित नभएर नेतृत्व हाक्ने तयारी गर्न समेत आग्रह गर्नुभयो। पछिल्लो समय स्वदेशमा काम गर्न हेलचेक्राई गर्ने तर विदेश गएर जस्तो काम पनि गर्न तयार हुने प्रवृत्ति मौलाएको भन्दै काम सानो ठूलो नहुने भएकोले स्वदेशमै परिश्रम गर्न समेत आग्रह गर्नुभयो।

कार्यक्रममा मन्तव्य राख्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले महिला लक्ष्यित कार्यक्रमलाई विशेष प्राथमिकता दिएर संचालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो । युवाहरूलाई रोजगारीको सुनिश्चितता सहित उद्यमी बनाउन नगरपालिकाले युवा उद्यम कार्यक्रम संचालनका लागी तयारी गरिएको बताउनुभयो ।

प्रतियोगिताको निर्णायकमा राष्ट्रिय कलाकार नारायण लेकाली, तेजु अर्याल र मन्जु भट्टराई रहनुभएको थियो।

कार्यक्रम देवदह नगरपालिका उपप्रमुख तथा उपप्रमुख संग महिला कार्यक्रमका संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, सदस्य कृष्ण माया रानाको स्वागत र कर्मचारी इन्दिरा भुसाल र संचारकर्मी कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img