spot_img
spot_img
spot_img

देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु

spot_img

देवदह // रुपन्देहीको देवदहमा प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ सुरु भएको छ । देवदह- ५ मा रहेको बुद्ध समुदाय युवा क्लवद्वारा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बिच देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले पछिल्लो समय नेपालमा पनि क्रिकेटको लोकप्रिय बढेको र यस प्रतियोगिताले पनि देवदहको नाम देश तथा अन्तराष्ट्रिय स्तरमा सम्म पुग्ने कुरामा आसावादी रहेको बताउनुभयो । उहाले खेलकुद क्षेत्रको विकासका लागी देवदह नगरपालिकाले विभिन्न किसिमका खेलकुद प्रतियोगिता गर्दै आईरहेको बताउनुभयो । उहाले आगामी दिनमा पनि क्लबलाई आवश्यक परेको बेला आफ्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । व्यक्तिगततर्फ म्यान अफ द सिरिजले ४ हजार, बेस्ट ब्याट्समेनले २ हजार ५ सय, बेस्ट बलरले २ हजार ५ सय रुपैयाँ सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगितामा २३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रे, देवदह ६ का वडा अध्यक्ष खेम बहादुर थापा, प्रतियोगिताका प्रमुख प्रायोजक काठमाडौं क्यापिटल्सका टिम म्यानेजर नवीन ढकाल लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम क्लबका अध्यक्ष सागर भुषालको अध्यक्षता, क्लबका सल्लाहकार गोपाल भण्डारीको स्वागत र सचिव शिशिर सारु र दिपशिखा खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।

आज भएको उद्घाटन खेल डि युनिटी र पानबारी व्वाईज बिचको खेलमा डि युनिटिले विजयी भएको थियो । उक्त खेलमा शिभ चिडी म्यान अफ दि म्याच घोषित भएका थिए।
त्यस्तै दोश्रो खेल, राईजिङ्ग स्टार र बडेरा बिच भएको खेलमा राईजिङ्ग स्टारले जितेको थियो । त्यसैगरी आज सम्मपन्न भएको तेश्रो खेल सुद्धोधन स्पोर्ट्स क्लब र जे आर स्पोर्ट्स क्लब बिचमा जे आर स्पोर्ट्स क्लबले ९३ रनले जित हासिल गरेको थियो जस्को म्यान अफ दि म्याच अम्जाद घोषित भएका थियो ।

प्रतियोगिताको दोश्रो दिनको खेल भने भोली लक्ष्मीनगर वारियर्स र टटेरा ११ बिच दिनको २:०० बजे देखि हुने आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img