spot_img
spot_img
spot_img

कपिलवस्तुमा उद्घाटन भयाे डायलाइसिस सेन्टर

spot_img

कपिलबस्तु। कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहिवार एक कार्यक्रमका विच बाणगंगा–१ कपिलवस्तु जिल्लामा डायलाइसिस सेन्टरको उद्घाटन गर्नु भएको हो ।

डायलाइसिस सेन्टरकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकलाई निराेगी बनाउदै स्वस्थ समाज निर्माण गर्न सामुदायिक अस्पतालहरुसंग सहकार्य गर्ने बताउनुभयो।`नितिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरु संग सहकार्य गर्न तयार छ´उहाँले भन्नुभयाे-´समुदायलाई निराेगी बनाउनु छ, नसर्ने राेगकाे समस्या बढ्दाेछ । निराेगी बन्न हाम्राे जीवनशैलीमा पनि परिवर्तन ल्याउन जरुरी छ ।´ स्वास्थ्य जनचेतना अभिवृद्धि गर्दै उपचारात्मक सेवालाई पनि प्रभावकारी बनाउदै लगिने बताउनु भयाे । लुम्बिनी प्रदेश भित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणकाे अवस्था उच्च रहेकाे भन्दै सुधारका लागि सामुदाय संग सहकार्य गर्नुपर्ने, त्यसका लागि प्रदेश सरकार तयार रहेकाे स्पष्ट पार्नु भयाे । लुम्बिनी प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवाकाे लागि लगानी बढाएकाे, देशकै ठूलो अस्पताल निर्माणकाे काम सुरु भएको जानकारी दिदै निराेगी प्रदेश बासि बनाउने अभियानमा सरकार रहेकाे बताउनु भयाे ।

मृगौला फेल भएका बिरामीहरुलाई डायलाइसिस सेवा प्रदान गर्न सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको हो । मृगौला फेल भएका बिरामीहरु यस अघि डायलाइसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । दश वटा डायलाइसिस मेसिन राखिएको छ । दैनिक ६० जना बिरामीलाई सेवा पु¥याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लगातमा डायलाइसिस सेन्टर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो । एक जना बिरामीले हप्ताको दुई दिन देखि तीन सम्म डायलाइसिस गर्नुपर्ने अवस्था रहेको डायलाइसिस सेन्टरले जनाएको छ । लुम्बिनी प्रदेशमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चार वटा डायलाइसिस सेन्टर सञ्चालनमा ल्याएको छ । दाङको लमही, पाल्पा, वालिङ्ग र कपिलवस्तुमा सामुदायिक डायलाइसिस सेन्टरबाट बिरामीले सुविधा लिदै आएका छन् । चार वटा शाखा र एउटा अस्पतालगरी पाँच वटा स्वास्थ्य संस्थाबाट पाँच सय जनाले नियमित डायलाइसिस सेवा लिदै आएका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउनेगरी सरकारले भूमिका बढाएको बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन सामुदायिक अस्पतालहरु संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थिले सामुदायिक स्वास्थ्य संस्थाहरुले नागरिकको स्वास्थ्य उपचारमा अतुलनिय योग्दान पुर्‍याएको चर्चा गर्दै सरकारी क्षेत्रबाट सहयोगको हात अघि बढाउनुपर्ने बताउनु भयो । नसर्ने रोगबाट मानिसहरु धेरै पिडित हुन थालेको प्रति चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनयापनको लागि ध्यान दिन आग्रह गर्नु भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img