रुपन्देही । रुपन्देहीको देवदहमा जारी प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ मा राईजिङ स्टार सेमीफाईनलमा र पालिनन्दन वारियर्स क्वाटर फाईनल प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो खेलमा देवदह आदर्शलाई ६ विकेटले हराउदै राईजिङ स्टार विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको देवदह आदर्शले
१२.२ ओभरमा अल आउट हुँदै ७१ रन बनाउन सफल भएका थिए । टिमका लागि महेशले २४ रन, लाल बहादुर सहानीले १३ रन, अजय यादवले ११ रन जोडेका थिए भने अन्य कुनै खेलाडीले दोहोरो अंक ल्याउन सकेनन् । बलिङ तर्फ राईजिङ स्टारका सागर गैरे, अभिषेक गौतम र बादल पर्तेलले ३-३ विकेट र सुरज सिङ्ले १ विकेट लिएका थिए ।
७२ रनको लक्ष्य पाएको राईजिङ स्टारले १०.१ ओभरमा ४ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गरेका हुन् । टिमका लागि सागर गैरेले अविजित ३१ रन, प्रकाश न्यौपानेले ९ रन जोडेका थिए । बलिङतर्फ देवदह आदर्शका अर्बर अलि, डिके यादव र अजय यादवले १-१ विकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सागर गैरे घोषित भएका थिए। उनले ९ बलमा ३१ रन संगै ३ विकेट पनि लिएका थिए ।
त्यसै मंगलबार सम्पन्न दोश्रो खेल रोयल वारियर्स र पालिनन्दन वारियर्स बिच भएको थियो । उक्त खेल पालिनन्दन वारियर्सले १०४ रनले जितेको थियो । पहिले ब्याटिङको निम्तो पाएको पालिनन्दन वारिर्यसले १६ ओभरको खेलमा ६ विकेट गुमाउँदै २१९ रन बनाउन सफल भएको थियो । टिमका लागि घनश्यामले १७ बलमा ५९ रन, मोनु यादवले २३ बलमा ५२ रन, इस्ताकले २८ र सन्दिपले २० रन जोडेका थिए । बलिङतर्फ युवराज सुवेदीले ३ विकेट, रमेश, सन्तोष र शोभाखर सुवेदीले १-१ विकेट लिएका थिए ।
२२० रनको टार्गेट पाएको रोयल वारियर्सले १६ ओभरमा ९ विकेट गुमाउदै ११५ रन बनाउन सफल भएको थियो । टिमका लागि रमेशले ६४ रन सन्तोषले २१ रन जोडेका थिए भने अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङ तर्फ पालिनन्दन वारियर्सका प्रदिपले ४ विकेट, मोनु यादवले २ विकेट, मन्जित, दिनेश र दिपेशले १-१ विकेट लिएका थिए । उक्त खेलमा पालिनन्दन वारियर्सका मोनु यादव म्यान अफ दि म्याच घोषित भएका थिए ।