रुपन्देही । रुपन्देहीको देवदहमा जारी प्रथम बुद्ध मावली क्रिकेट कप-२०८१ मा काठमाडौं क्यापिटल्स र जीआर क्रिकेट सेमिफाइनल फाईनल प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो क्वाटर फाईनल खेलमा टटेरा व्याईजलाई ९ विकेटले हराउदै काठमाडौं क्यापिटल्स विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको टटेरा व्याईजले
१५.२ ओभरमा अल आउट हुदै ४६ रन बनाउन सफल भएका थिए । टिमका लागि श्यामुले ११ रन जोडेका थिए भने अन्य कुनै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङ तर्फ काठमाडौं क्यापिटल्सका आशिष पाण्डे, रोशन गौतम, प्रकाश भण्डारीले समान २-२ विकेट, कमल जैसी, सन्दिप अर्याल र दिपक भण्डारीले समान १-१ विकेट लिएका थिए ।
४७ रनको लक्ष्य पाएको काठमाडौं क्यापिटल्स ५.२ ओभरमा १ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । टिमका लागि रोशन गौतमले ५ बलमा २१ रन, दिपक भण्डारीले १३ रन र प्रकाश भण्डारीले ९ जोडेका थिए । बलिङतर्फ टटेरा व्याईजका सन्दिप बस्यालले १ विकेट लिएका थिए । उक्त खेलमा रोशन गौतम म्यान अफ दि म्याच घोषित भएका थिए। उनले ५ बलमा २१ रन संगै २ विकेट पनि लिएका थिए ।
त्यसै बिहिवार सम्पन्न दोश्रो क्वाटर फाईनल खेलमा पालिनन्दन वारियर्सलाई १ रनले हराउदै जीआर क्रिकेट विजयी भएको हो । टस जितेर पालिनन्दन वारियर्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङको निम्तो पाएको जीआर क्रिकेटले १५.२ ओभरमा अल आउट हुँदै ९६ रन बनाउन सफल भएको थियो । टिमका लागि अम्जद खानले २१ रन, विशाल भुसालले २० रन, प्रकाश गिरीले १३ जोडेका थिए । बलिङतर्फ प्रदिप हरिजन, मञ्जित र गुड्डु पास्वानले समान ३-३ विकेट र मनु यादवले १ विकेट लिएका थिए ।
९७ रनको टार्गेट पाएको पालिनन्दन वारियर्सले १६ ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनाउन सफल भएको थियो । टिमका लागि मञ्जितले २४ रन आशिषले १५ रन जोडेका थिए । बलिङ तर्फ जीआर क्रिकेटका अम्जद खान, सुमित पराजुली, विशाल भुसालले समान २-२ विकेट र अनमोल र जिमालले १-१ विकेट लिएका थिए । उक्त खेलमा जीआर क्रिकेटका अम्जद खान म्यान अफ दि म्याच घोषित भएका थिए ।