देवदह । बुद्ध समुदाय युवा क्लबको आयाजनामा देवदह माविको खेलमैदानमा जारी प्रथम बुद्ध मावली क्रिकेट कप २०८१ को फाईनल खेल काठमाडौं क्यापिटल्स र राईजिङ स्टार बिच हुने भएको छ । काठमाडौं क्यापिटल्सले आयोजकलाई र राईजिङ स्टारले जीआर क्रिकेट क्लबले हराउदै फाईनलको लागि स्थान सुनिश्चित गरेका हुन् ।
आज भएको पहिलो सेमीफाईनल खेलमा काठमाडौं क्यापिटल्सले ७८ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ् गरेको क्यापिटल्सले १६ ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनायो । टिमका लागि अर्जुन क्षेत्रीले ३६ र प्रकाश भण्डारीले ३१ रन बनाए । आयोजक टिमका प्रेम भुर्तेल र सन्देशले २-२ विकेट, राम बहादुर चौधरी र राजन कुमालले १-१ बिकेट लिए । १५५ रनको लक्ष पच्छ्याएको आयोजकले ११.२ ओभरमा सबै बिकेट गुमाएर ७६ रन मात्रै बनाउन सक्यो । आयोजक टिमका प्रेम भुर्तेलले २३ र राजनले १७ रन बनाए । काठमाडौं क्यापिटल्सका प्रकाश भण्डारीले ६ बिकेट लिए । सोहि म्याचको म्यान अफ दि म्याच प्रकाश भण्डारी चुनिए ।
यसैगरी राईजिङ स्टारले जीआर क्रिकेट क्लबलाई १ विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको जीआर क्रिकेट क्लबले ८५ रन बनायो । टिमका लागी विशाल भुषालले २१ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । राईजिङ स्टारका बादल पर्तेलले ४ विकेट लिए । ८६ रनको बिजयी लक्ष पच्छ्याएको राईजिङ स्टारले १५.३ ओभरमा उक्त लक्ष्य पूरा गर्यो । स्टारका रञ्जित खड्काले १८ रन बनाए । जिआर क्रिकेट क्लबका विशाल भुसालले ६ विकेट लिए । जिआर क्रिकेट क्लबका विशाल भुसाल म्यान अफ द म्याच चुनिए । उनले २१ रन र ६ विकेट लिएका थिए ।
फाइनल खेल भोली बिहान ११ बजे देखि काठमाडौं क्यापिटल्स र राईजिङ स्टार बिच देवदह मा.विको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।