देवदह । रुपन्देहीको देवदहमा वडा स्तरीय लिग क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । देवदह क्रिकेट युनिटको आयोजनमा हुने उक्त प्रतियोगिता यही कार्तिक ९ गतेदेखि सञ्चालन हुने भएको हो ।
संस्थाले स्थानीय स्थारमा क्रिकेटको विकास गर्न, युवाहरुमा क्रिकेट खेलप्रतिको मोह र खेल जगतमै भविष्य खोज्ने लक्ष्यका साथ विगतमा जस्तै यस वर्ष पनि वडा कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष अजय थापाले जानकारी दिए । अध्यक्ष थापाले प्रतियोगिता सफल बनाउन खेलप्रेमी एवम् क्रिकेट अनुरागी सबैलाई सहयोगका लागी अनुरोध गरेका छन् ।
प्रतियोगिता देवदह क्रिकेट युनिट र देवदह मा.वि. को खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टिमले नगद १५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै विधागत पुरस्कार पनि रहेको आयोजकले जनाएको छ ।
खेल १६ ओभरको हुने छ र फाईनल खेल भने २० ओभरको हुने आयोजकले बताएको छ । त्यस्तै प्रतियोगितामा LBW को नियम बाहेक अन्य ICC कोब्सबै नियम आकर्षित हुनेछ । सहभागी वडा स्तरीय टिमका सम्पूर्ण खेलाडी एकै वडाबाट हुनुपर्नेछ, बाहिरी जिल्ला/स्थानवाट आएका खेलाडीहरुले अनिवार्य बसाईसराईको प्रमाण पेश गर्नुपर्नेछ। प्रोटेस्ट गर्नुपरे खेल सकिएको तीन घण्टा भित्र गर्नुपर्नेछ । सभागी हुन फोन मार्फत पनि टिम दर्ता गर्न सकिने संस्थाले जनाएको छ । अन्य आवश्यक जानकारीको लागि खेल संयोजक प्रकाश भण्डारी सम्पर्क नम्बर ९८०८५१३२१६ र बिनोद क्षेत्री सम्पर्क ९८१४४७४९६४ मा फोन सम्पर्क मार्फत पनि जानकारी लिन सकिने आयोजकले बताएको छ। टिम दर्ता गर्ने अन्तिम मिति यहि कार्तिक ७ गते सम्म रहेको र दर्ता शुल्क ५ हजार रहेको आयोजकले जनाएको छ ।