देवदह । रुपन्देहीको देवदहमा जारी वडा स्तरीय लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् । आईतवार सम्पन्न खेलमा वडा नं ६ र वडा नं ४ विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा वडा नं ११ लाई ४३ रनले पराजित गर्दै वडा नं ६ विजयी भएको हो । यो संगै वडा नं ६ सेमीफाईनल प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नं ६ ले ४ विकेट गुमाउदै ११२ रन बनाउन सफल भएका थियो । टिमका लागि सागर काफ्लेले ३५ रन, कलम जैसीले ३२ र क्रितिमान ढकालले १७ रन बनाए । बलिङ तर्फ वडा नं ११ का राकेश यादव, युवराज मिश्रा र असोक चौधरीले १-१ विकेट लिए।
११३ रनको लक्ष्य पाएको वडा नं ११ ले ६९ रन बनाउदा आफ्नो सबै विकेट गुमाउन पुग्यो । टिमका लागि युवराज मिश्राले १८ रन र अशोक चौधरीले १० रन बनाए । अन्य कुनै खेलाडीले राम्रो प्रदर्सन गर्न सकेनन् । बलिङतर्फ देवदह ६ का
कमल जैसीले ४ विकेट, अभि मल्लले २ विकेट र अर्जुन राईमाजीले २ विकेट लिएका थिए । उक्त खेलमा कमल जैसी म्यान अफ दि म्याच घोषित भएका थिए ।
त्यसै आज सम्पन्न दोश्रो खेलमा वडा नं १ लाई ४ विकेटले हराउदै वडा नं ४ विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको वडा नं १ ले ५३ रन बनाउदा आफ्नो सबै विकेट गुमाउन पुग्यो । टिमका लागि जितेन्द्र जैसवालले १४ रन बनाए । अन्य कनै खेलाडीले राम्रो प्रदशन गर्न सकनेन् । बलिङतर्फ वडा नं ४ का सन्दिप अर्यालले ५, राजन तिवारी र नवीन पंगेनीले २-२ विकेट लिए ।
५४ रनको लक्ष्य पाएको वडा नं ४ ले ६ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गरेको हो । टिमका नवीन पाण्डेले १८ रन बनाए । बलिङ तर्फ वडा नं १ का जितेन्द्र जैसवालले ३ र पप्पु यादवले २ विकेट लिएका थिए । उक्त खेलमा सन्दिप अर्याल म्यान अफ दि म्याच घोषित भएका थिए ।
भोली अर्थात प्रतियोगिताको सातौं खेल वडा नं ७ (बि) र वडा नं १० बिच बिहान १०:०० बजे र वडा नं १ र वडा नं ८ बिच दिउसो २:०० बजे डिसीयुको फिल्डमा हुने आयोजकले जनाएको छ ।