spot_img
spot_img
spot_img

आइसिसी विश्वकप लिग-२ : नेपाल अमेरिकासँग तीन विकेटले पराजित

spot_img

काठमाडौँ – नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ। जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजवंशीले एक एक विकेट लिएका थिए ।

यस अघि नेपालले टस हरेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आऔत हुदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।

योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ । अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अंकसहित सातौँ स्थानमा छ ।

त्यस्तै अमेरिकाले भने सातौँ जित हासिल गरेको छ । यो जितपछि अमेरिकाको १० खेलमा १४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।

अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img