देवदह । सरस्वती शिक्षालय, देवदह–७ मदनग्रामले सरसफाई कार्यक्रम तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । व्यावहारिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई सामाजिक उत्तरदायित्वबारे सचेत गराउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नविन पाण्डेयले यस्तो कार्यक्रमले विद्यार्थीलाई असल अभ्यासको कार्य गर्ने मनसायको विकास हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मदनग्राम टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण सापकोटाले डस्टबिनको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई टोल सुधारको सुरुवातका रूपमा लिएको बताउनुभयो ।
विद्यालयका प्रबन्ध निर्देशक हरि प्रसाद भट्टराईले विद्यालय र समुदायबीचको सम्बन्ध मजबुत बनाउन यस्ता गतिविधिहरूलाई प्राथमिकता दिइने बताउँदै डस्टबिन हस्तान्तरण गर्नुभयो । कार्यक्रमले स्थानीय समुदाय र विद्यालयबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।