spot_img
spot_img
spot_img

“देवदह-८ बाल संजालको नयाँ नेतृत्व”

spot_img

देवदह // रुपन्देहीको देवदह नगरपालिका -८ को वडा स्तरीय बाल संजाल पुर्नगठन भएको छ । भेलाबाट कृति न्यौपानेको अध्यक्षतामा २१ सदस्य वडा बाल संजाल पुर्नगठन भएको हो।

संजालको उपाध्यक्षमा प्रज्जवल देवकोटा , सचिवमा सुवास्ना तामाङ्ग, कोषाध्यक्षमा आयुष सुनार र सचिवमा प्रवेश पाण्डे रहेका छन् । साथै सदस्यहरुमा रिजन बि.क., दिपु थापा, शिशिर क्षेत्री, प्रवेश खत्री, सार्थक रसाईली, आयुस्मा पाण्डेय, संचिता न्यौपाने, अस्मिता थापा, शर्मिला घर्ती मगर, पुष्पा खत्री, चन्दा चौधरी, शिवानी सेन ठकुरी, शित्तल नेपाली, सुवास्ना तामाङ, प्रभिका खनाल चयन भएका छन् ।

सोही अवसरमा वडा भित्र रहेका विभिन्न टोलका बाल क्लबका पदाधिकारी तथा सदस्यहरुलाई माइन्यूट लेखन, नेतृत्व विकास, साइबर क्राइम सम्बन्धि अभिमुखीकरण कार्यक्रम दिईएको थियो । कार्यक्रममा साइबर क्राइम, साइबर सेकुरेटी सम्बन्धि देवदह प्रहरी चौकीका प्रमुख एक्क बहादुर नेपाली र माइन्यूट लेखन, नेतृत्व विकास सम्बन्धि बालमैत्री सहजकर्ता बबिता भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा देवदह नगरपालिका – ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेयले बालबालिकाको क्षमता विकासका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै देवदह ८ लाई फागुन मसान्त भित्रै बालमैत्री वडा घोषण गर्ने गरि लागि परेको उहाँले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिती सदस्य कुन्ता खाम्चा मगर, वडा सदस्य झपिन्द्र कुमारी बि.क., वडा सदस्य रेशम बहादुर पुन, नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई  र बालबालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिब सनम परियारको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img