spot_img
spot_img
spot_img

देवदहमा सुरु हुने राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

spot_img

देवदह । रुपन्देहीको देवदहमा माघ ३ गतेदेखि सुरु हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ।बुधबार देवदहमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जनाइएको हो। केरवानी माध्यमिक विद्यालयको आतिथ्यतामा हुने प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको काम सकिएको र देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बताउनुभयो ।प्रतियोगितामा सहभागी जनाउने सबै खेलाडीहरुको स्वास्थ्य बिमा गरिएको नगर प्रमुख खरेलको भनाई थियो।

प्रतियोगितामा देवदहका २७ बिद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए । प्रधानाध्यापक ढुंगानाले प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य बोकेको आयोजकले जनाएको छ।

प्रतियोगितामा देवदहका २७ विद्यालयका ८४३ विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए। भलिबल, कबड्डी खेलको ट्राइसेट सार्वजनिक गरिएको शिक्षक ज्ञवालीले बताए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img