spot_img
spot_img
spot_img

प्रदेश सरकार किसानहरुको साथमा छ : मुख्यमन्त्री आचार्य

spot_img

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुउनीहरूको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन र बजारीकरणमा साझेदारी गरिरहेकाे बताउनु भएको हाे ।`प्रदेश सरकार किसानहरुकाे साथमा छ ।
उत्पादनमा जाेडिन जरुरी छ । यसमा प्रदेश सरकारले साझेदारी कार्यक्रम बनाउछ´उहाँले भन्नुभयाे-`मेहनत गर्ने किसानकाे पक्षमा सरकार छ । ढुक्क भएर उत्पादनमा लाग्नुस ।´

गढवा गाउँपालिकाले गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरेकाे छ । यहि परियाेजना अन्तर्गत १०३ किसानले बाख्राको पहिलो पुस्ता उपहार गरेका हुन । प्रदेश सरकारले आगामी वर्ष धेरै पालिकासँग साझेदारी गरेर किसानहरूको जीवनस्तर उकास्न कार्यक्रम अघि बढाउने जानकारी समेत दिनु भयाे । उद्यमी महिलाहरूलाई पनि उत्पादन प्रक्रियामा समावेश गराई आत्मनिर्भर बनाउन सरकारले विशेष प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो।

उत्पादन भएका कृषिजन्य उपजको बजारीकरण गर्न संकलन केन्द्रहरू उपयोगी हुने र आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमहरू महत्वपूर्ण रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ। उहाँले थप स्पष्ट पार्दै भन्नुभयो,`भोकालाई एक छाक भोजन हैन, जीउने जुक्ति सिकाउनुपर्छ । याे महान उदेश्यलाई पूरा गर्न सबैले ध्यान दिनुपर्ने छ।´ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पाेख्रेलकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शारदाकुमारी चाैधरी, वडा नम्बर १ का वडा अध्यक्ष बावुराम अधिकारी, हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतले सम्बाेधन गर्दै किसानहरूलाई आत्मनिर्भर बनाउन र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको थियाे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img