spot_img
spot_img
spot_img

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

spot_img

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गरेपछि सुरुङमार्गको ब्रेकथ्रु भएको हो ।

ब्रेकथ्रु उत्सव समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित थिए ।

अहिले मुख्य टनेल र तीनवटै वाइपास सुरूङको ब्रेक थ्रुसँगै सुरूङभित्र पानी तर्काएर बेन्चिङ, लाइनिङ र भित्रको ढलानको काम भइरहेको छ।

योजना प्रमुख कृष्णराज अधिकारीले रकसेड, पहुँच सडकको निर्माण, सुरूङभित्र भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडान लगायतका काम बाँकी रहेको जानकारी दिनुभयो । बाहिरपट्टिको खण्डमा रक सेड, रक फल व्यारियर, स्लोप प्रोटेक्सनको कतिपय काम भइरहेको छ भने कतिपय बाँकी छ। ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ।

सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो। निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img