spot_img
spot_img
spot_img

विकासका लागी सहकार्य आवश्यक छ : कार्यवाहक नगर प्रमुख गुरुङ

spot_img

केशव पराजुली। विकासका लागि सहकार्य आवश्यक भएको देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङले बताउनुभएको छ। देवदह १० को चरङ्गेमा आयोजित कार्यक्रममा का.वा. नगर प्रमुख गुरुङले सबैको जोड बलले विकास संभव भएको बताउनु भएको हो ।

उहाँले यस क्षेत्रको विकासमा तीनै तहका सरकारको योगदान रहेको भन्दै अझै बढी विकास गर्न र चरङ्गेलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके आय आर्जनमा बृद्धि हुने भनाई राख्नु भयो । देवदह १० चरङ्गेमा रहेको रम्भादेवी टोलमा रहेको रम्भादेवी मन्दिरको शुक्रवार उद्घाटन गर्दै उहाँले ऐतिहासिक धार्मिक स्थलहरुको सुरक्षा र संरक्षण गर्नु नगरपालिकाको कर्तब्य रहेको बताउनु भयो । मन्दिर समितिका अध्यक्ष मन बहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बरालले २०४४ सालमा स्व गिरमान राना आफु अप्ठ्यारोमा पर्दा रम्भादेवीले बचाउनु भएकोमा मन्दिर स्थापना गर्नु भएको र हाल उक्त मन्दिरलाई पुनःनिर्माण गरिएको जानकारी गराउनु भयो ।

देवदह नगरपालिकाको १ लाख ५० हजार सहयोग रहेको उक्त मन्दिर निर्माणमा ८ लाख ५० हजार खर्च भएको समेत अध्यक्ष बरालले जानकारी दिनु भयो । मन्दिर समितिका सदस्य चन्द्र बहादुर थापाको स्वागत तथा सचिव कपिलदेव जर्घाको संचालनमा भएको कार्यक्रममा देवदह १० का वडा सदस्य भविलाल थापा पारी चरङ्गे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दिल बहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img