spot_img
spot_img
spot_img

देवदहमा आधारभूत तहको वार्षिक परीक्षा तयारी पूरा

spot_img

देवदह । रुपन्देहीको देवदह नगरपालिकामा फागुन २५ गतेदेखि सुरु हुने आधारभूत तह परिक्षाको तयारी पूरा भएको छ। नगर स्तरीय आधारभूत तह परिक्षाको सबै तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। २०७४ सालदेखि स्थानीय तहबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ५ र ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।

देवदहमा रहेका ३१ वटा सामुदायिक र संस्थागत गरि जम्मा १४८६ जना विद्यार्थी कक्षा ८ को परिक्षामा सहभागी हुने देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले जानकारी दिनुभयो।जसमा छात्रा ७४४ र छात्र ७४२ जना रहेका छन् ।त्यस्तै कक्षा ५ को परिक्षामा ६८५ जना छात्रा र ७९५ जना छात्र गरि १४८० विद्यार्थी सहभागी रहेका छन् ।

कक्षा ८ को परिक्षाका लागी ६ वटा परिक्षा केन्द्र बनाइएको छ। जस अन्तर्गत न्यू नमूना इङलिस बोर्डिङ स्कुल, केरवानी माध्यमिक विद्यालय, देवदह बुद्द पब्लिक इङलिस बोर्डिङ स्कुल, युगज्योती मावी, भबिस्य निर्माण मावी प्रगति मावी सिक्टहन रहेका छन् ।

परिक्षा मर्यादित र व्यवसथित ढंगबाट संचालन गर्नका लागी नगरपालिकाले विशेष व्यवस्थापन गरेको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनुभयो।

परिक्षा चैत ५ गते सम्म संचालन हुने र फागुन २९ गतेदेखिनै उत्तर पालिकामा विशेष सुरक्षा र व्यवस्थापनका साथ उत्तर पुस्तिका जाँच सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img