देवदह । रुपन्देहीको देवदहस्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका अस्बिन न्यौपाने सर्वसम्मत रूपमा विजयी भएका छन् । अनेरास्ववियु, नेविसंघ तथा अनेरास्ववियु क्रान्तिकारीबीच आपसी सहमति भएपछि सबै पद सर्वसम्मत रूपमा चयन भएका हुन् ।
स्ववियु सचिवमा अनेरास्ववियु क्रान्तिकारीका रविन न्यौपाने तथा कोषाध्यक्षमा नेविसंघका रेमन्त शर्मा निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत होमनाथ शर्माले जनाएका छन् ।
त्यस्तै, सदस्य पदमा अनेरास्ववियुबाट अस्मी पाठक, सन्दिप बस्याल, वर्षा कंडेल, तुलबहादुर श्रीस र नेविसंघबाट गौरव न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । समानुपातिकतर्फका सदस्यहरूको संख्या भने पछि टुंग्याइने स्ववियु सभापति अर्जुन गैरैले जानकारी दिएका छन्।
विद्यार्थी संगठनहरूबीचको सहमति तथा मिलनसार वातावरणमा सम्पन्न निर्वाचनले क्याम्पसको विद्यार्थी नेतृत्वलाई अझ प्रभावशाली र संगठित बनाउने सम्भावना पनि बढाएको छ।