spot_img
spot_img
spot_img

सञ्चालनमा आयो रोहिणी मिल्क हाउस

spot_img

देवदह । रुपन्देहीको देवदह–५, खरेनीमा रोहिणी मिल्क हाउस सञ्चालनमा आएको छ। बुधबार एक विशेष समारोहका बीच देवदह नगरपालिकाका कार्यवाहक प्रमुख विद्यालक्ष्मी गुरुङले मिल्क हाउसको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख विद्यालक्ष्मी गुरुङले स्थानीयस्तरमा उद्यमशीलताको प्रवर्द्धन गर्न यस्ता व्यवसायहरू महत्वपूर्ण हुने बताउँदै व्यवसायीहरूलाई निरन्तर परिश्रम गर्न प्रेरित गर्नुभएको थियो ।

करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको यो मिल्क हाउसले उपभोक्तालाई गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउने लक्ष्य लिएको छ। मिल्क हाउसका अध्यक्ष्य रामचन्द्र पौडेलले आफ्नो विगतको अनुभव सुनाउँदै आर्थिक अभावका कारण उनले केही समय वैदेशिक रोजगारीमा बिताउनुपरेको तर, आफ्नै देशमा केही गर्ने इच्छाशक्ति कहिल्यै मरेन। त्यसैले नेपालमै केही सिर्जना गर्ने सोच राखे, र अन्ततः अनुभव, लगनशीलता र मेहनतको फलस्वरूप रोहिणी मिल्क हाउस स्थापना गरेको बताउनुभयो । उहाले यसअघि करिब १० वर्ष देवदह दुग्ध उत्पादक सहकारी संस्थामा काम गरेको बताउनुभयो ।

देवदह क्षेत्रमा दैनिक करिब ५ हजार लिटर दूध उत्पादन हुने भएकाले यहाँको दूध बजारलाई व्यवस्थित गर्ने उद्देश्यले मिल्क हाउस सञ्चालन गरिएको उहाले बताउनुभयो । रोहिणी मिल्क हाउसले सुनवल, बुटवल, रोहिणी, ओमसतिया, तिलोत्तमा लगायतका स्थानहरूबाट दूध संकलन तथा बिक्री वितरण गर्ने योजना बनाएको छ । सञ्चालक पौडेलले  दूध तथा दुग्धजन्य पदार्थको गुणस्तरलाई उच्च प्राथमिकता दिइएको छ। उचित तापक्रम व्यवस्थापन नहुँदा दूधको गुणस्तरमा असर पर्ने भएकाले चिलिङ्ग भ्याट, इलेक्ट्रिक ब्याच पास्चराइजर, हुमनाइजर मेसिन, एजिङ्ग ट्याङ्क जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिएको बताउनुभयो ।

भविष्यमा रोहिणी मिल्क हाउसले छिमेकी बजारहरूमा समेत संकलन तथा बिक्री केन्द्र विस्तार गर्ने योजना बनाएको सञ्चालक गोमा ज्ञवालीले बताउनुभयो । उहाले  मिल्क हाउसमा  दूध, दही, नौनी, घिउ, पनिर, खोवा, कुल्फी, आइसक्रिम लगायतका दुग्धजन्य सामग्रीहरू उपलब्ध रहेको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img