spot_img
spot_img
spot_img

देवदहको भवानीपुरमा रामनवमी मेला सुरु

spot_img

देवदह । रुपन्देहीको देवदह नगरपालिका -४ स्थित भवानीपुरमा ३ दिने रामनवमी मेला सुरु भएको छ। चैत २३ गते देखि २५ गते सम्म लाग्ने मेला शनिबारदेखि सुरु भएको हो।

मेलाको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले मेला महोत्सव र सास्कृतिक सम्पदाहरु महत्त्वपूर्ण सम्पत्ति भएकोले यसको संरक्षण, प्रबर्द्धन र प्राचारप्रसार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो। उपप्रमुख गुरुङले देवदहको पुरातात्त्विक क्षेत्रको उत्खनन गरिएको र पर्यटकीय क्षेत्रको डिपिआर तयार गरि व्यवस्थित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडी बढाउने कार्ययोजना बनाएको बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रबक्ता गणेश डुम्रे, पर्यटनविद युवराज कडेल, महामाया भवानी माविका प्राचार्य ऋषिश्वर अर्याल, जनप्रीय माविका अध्यक्ष अमर लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको औचित्यमाथी पुष्टि गर्दै मेला आयोजक संस्था कोलिय राज्य बुद्द मावली क्षेत्र विकास समितिका अध्यक्ष लिल्ला वल्लब भट्टराईले परम्परागत रुपमा सयौं वर्षदेखी लाग्दै आएको मेलाको संरक्षण गर्न, ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको प्रचार प्रसार गरी आन्तरीक तथा बाह्य पर्यटकहरुलाई भित्राउन, स्थानिय व्यापारलाइ प्रवर्द्धन सङ्गै सामुदायिक सहभागिता अभिवृद्धि गर्ने उदेश्य सहित मेलालाई निरन्तरता दिएको बताउनुभयो।

मेलामा थारु समुदायको प्रचलित खेल टिकुलि दौड प्रतियोगिता संचालन, मेलालाई पृथक र ऎतिहासिक बनाउन भजन प्रतियोगिता संचालन हुने जनाइएको छ। नयाँ पुस्तालाई संस्कृतिको विषयमा ज्ञान हासिल गराउदै संस्कृति र पहिचानको जगेर्ना गर्ने हेतुले मौलिक प्रतियोगिताहरु संचालन गर्न लागिएको सास्कृतिक संयोजक दिनेश चौधरीले जानकारी दिनुभयो।भजन प्रतियोगिताको व्यवस्थापन उज्योलो लालटिन प्रतिष्ठानले गरेको छ।

ऐतिहासिक महत्व बोकेको मेला भर्न रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला साथै छिमेकि देश भारत देखि भक्तजनहरु पूजाआजा गर्न आउने गर्दछन् । मेलामा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५० देखि ६० लाख सम्मको व्यापार हुने र २ सय बढी व्यवसायीक स्टलहरु रहेका छन् । कार्यक्रम संस्थाका अध्यक्ष लिलाबल्लभ भट्टराईको अध्यक्षता, छबिलाल घर्ती र दिनेश चौधरीको संचालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
1
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img