spot_img
spot_img
spot_img

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

spot_img

काठमाडौं — शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन्।

शिक्षक आन्दोलन चर्किँदै गएका बेला आएको राजीनामा राजनीतिक दबाबको सङ्केत मानिएको छ। तर भट्टराईको सचिवालयले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको स्पष्ट पारेको छ।

देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। शिक्षामन्त्री भट्टराईले उनीहरूको माग सम्बोधन गर्न सात बुँदे प्रस्ताव तयार पारेकी थिइन्, जसलाई आजै मन्त्रिपरिषद्मा पेस गर्ने तयारी थियो। साथै, उनले शिक्षकहरूलाई आन्दोलनबाट फर्कन आह्वान गर्ने योजना पनि बनाएकी थिइन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img