spot_img
spot_img
spot_img

देवदहमा चौथो मेयर कप फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी

spot_img

देवदह । देवदह नगरपालिकामा आजदेखि चौथो संस्करणको वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ।  बिहिवार एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवप्रसाद खरेलले चौंथो मेयर कप उद्घाटन गर्नभएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले खेलमार्फत देवदहलाई अगाडि बढाउने दीर्घकालीन योजना रहेको उल्लेख गर्नुभयो। नगरपालिकाले खेलसंगै सडक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै उहाले  समृद्ध देवदह बनाउने योजना सहित काम भैरहेको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेयाल, शिक्षा शाखा प्रमुख लोकराज पन्थी, नगर प्रवक्ता गणेश डुम्रे, वडा अध्यक्ष यक बहादुर सुनार, मोहन जिसी, प्रहरी निरीक्षक एक्क बहादुर नेपाली लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद ३१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकहरूले जनाएका छन्।

कार्यक्रमको उद्घाटन नगर खेलकुद विकास समितिका अध्यक्ष कमल पाण्डेको अध्यक्षता, सदस्य मिलन माश्की रानाको स्वागत मन्तव्य र शिक्षा अधिकृत पर्शुराम ढकालको सञ्चालनमा सम्पन्न भएको हो।

उद्घाटन खेल
उद्घाटन खेलमा वडा नम्बर ७ ले वडा नम्बर २ लाई २–० गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको छ। खेल सुरु भएको पहिलो मिनेटमै वडा नं. ७ का जर्सी नम्बर १० का देव नेपालीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० को अग्रता बनाएको वडा नं. ७ ले दोस्रो हाफमा थप एक गोल गर्दै जीत सुनिश्चित गर्‍यो।

खेलको दोस्रो हाफको ४०औं मिनेटमा जर्सी नम्बर ३० का प्रदीप रानाले उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे। यो जितसँगै वडा नम्बर ७ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १२ सँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img